पहिरोका कारण पिके माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङको भवनमा क्षति पुगेको छ । आज बुधबार बिहान माथीबाट झरेको पहिरोले विद्यालयको २ वटा भवनमा क्षति पुगेको हो ।
विद्यालय भन्दा माथिल्लो भागबाट विस्तार भएको सडकबाट ठूलो ढुङ्गासहित झरेको पहिरोले विद्यालयको २ वटा भवनमा क्षति पुगेको प्रधानाध्यापक चेत बहादुर मगरले जानकारी दिनुभयो ।
जसका कारण एउटा भवन आधा पुरिएको छ भने अर्को भवनमा समेत क्षति पुगेको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताउनुभयो । केही दिन अगाडी मात्रै निर्माण सम्पन्न गरेको भवन नै पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
पहिरो बिहानको समयमा गएकाले मानवीय क्षती हुनबाट जोगिएको प्रअ मगरले बताउनुभयो । सो विद्यालय भन्दा माथीबाट लोदिङ सोक्पा सडक विस्तार भएको छ ।











प्रतिक्रिया