सोलुुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका-४ बादेमा रोकी राखेको स्काभेटरमा आगजनी भएको छ । पञ्चनमा निर्माण शुरु हुन लागेको दुधकोशी हाईड्रोको सडक खन्ने काममा प्रयोग हुँदै आएको स्काभेटरमा विहिबार राती आगजनी भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
रादुर कन्स्ट्रक्सन कम्पनीको स्वामित्वमा रहेको कोबेल कम्पनीको उक्त स्काभेटरमा बिहीबार अज्ञात समुहले आगजनी गर्दा जलेर मेसिन पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो ।
उक्त पालिकाको वडा नम्बर ४ बादे पुलदेखि दुधकोशी हाईड्रोपावर–२, पंचन सम्मको सडक ट्रयाक खन्ने काममा प्रयोग हुँदै आएको उक्त स्काभेटरमा अज्ञात समुहले आगजनी गर्दा ८० लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ ।
आगजनीबाट मानवीय क्षति भने नभएको तर मेसिन पूर्ण रुपमा जलेको रादुर कन्स्ट्रक्सनका संचालक रामकिरण राईले बताउँनुभयो । उक्त पालिकामा ६ महिनाको अवधिमा ३ वटा स्काभेटरमा आगजनी भईसकेको छ ।











प्रतिक्रिया