गृह पृष्ठ

बरामद गरिएको सुन गालेको ‘प्रत्यक्ष प्रसारण’ गर्ने तयारी


१२ श्रावण २०८०, शुक्रबार ००:००


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन गालेको ‘प्रत्यक्ष प्रसारण’ गर्ने तयारी गरिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ मा साँझ त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट करिब १ सय किलो सुन बरामद गरेको थियो । राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको छ ।

राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ । राजस्व अनुसन्धान विभागले प्रत्यक्ष प्रसारण (लाइभ) गरेर सुन गाल्ने र तौलिने तयारी गरेको छ ।

‘प्रत्यक्ष प्रसारण’ गरेर सुन गाल्नेबारे छलफल भइरहेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए । उनले भने, ‘त्यो विषय अहिले छलफलकै क्रममा छ ।’ असार ३० मा हङकङबाट क्याथे प्यासेफिकको उडान मार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन ल्याइएको थियो ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार ००:००