मनोरञ्जन

पान्थर मञ्च हङकङको ब्यानरमा बृहद याङवरक सांगीतिक साँझ २०२४ हुने


९ जेष्ठ २०८१, बुधबार ००:००


•राजेन्द्र केरुङ

 

हङ्कङ /जेठ ९

 

त्येअंशी सिरिजंगा सिङ्थेबे स्मृति प्रतिष्ठान नेपालको सहयोगार्थ पान्थर मञ्च हङकङको ब्यानरमा बृहद याङवरक सांगीतिक साँझ २०२४ हुने भएको छ ।

 

पाँचथरको ऐतिहासिक याङवरक थुमको परिचय,सम्भावना र रहस्य हरु उजागर गर्दै
बिश्वसामु परिचित गराउने प्रमुख उद्देश्य सहित आगामी २९ जुन २०२४ तदानुसार २०८१ असार १५ गते शनिबार बेलुकी जोर्डन स्थित ब्लु ओशन रेष्टुरेन्टको प्रेक्षालयमा आयोजना हुने कार्यक्रम संयोजक तथा कलाकार फुलेन्देको बाउ (मौसम इम्बुङ) ले बताउनुभयो ।

 

उक्त कार्यक्रमको लागी नेपाल तथा हङकङमा रहेका याङवरक बासी कलाकार हरुको प्रस्तुती रहनेछ।
कार्यक्रममा नेपालका चर्चित गायक ब्रबिम सेर्मा , पालाम गायिका गङ्गा फियाक, गायिका इन्दिरा नेम्बाङ, हङकङलाई कर्मथलो बनाउनुहुने चर्चित गायक तथा सङ्गितकार साक्थिम योङ्या, गायिका मन्जु कङलिवा, सन्चारकर्मी ,गायिका मनुता काम्बाङ लगायतको आकर्षक प्रस्तुति रहनेछ ।
नेपाली गित सङ्गीत , साहित्य ,चलचित्र लगायतको प्रदर्शन तथा सम्बर्द्वनमा हङकङ सर्वाधिक रोजाईको देश बनेको छ।
हरेक साता जस्तो कार्यक्रम हरु नियमित रुपमा हुने गर्दछ। यस्को मुख्य कारण अधिकांश कलाकार,गितसङ्गितप्रेमी स्रष्टा,सर्जक हरुको प्रमुख कर्मथलो नै हङकङ भएर हो भन्दा अत्युक्ती नहोला ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार ००:००