काठमाडौं, साहस उर्जा लिमिटेडको २ करोड ८२ लाख १० हजार कित्ता शेयरको लकइन आगामी असोज १६ गते सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको २ करोड ४५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको ३५ लाख कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको २ लाख १० हजार कित्ता शेयरको लकइन एक महीनापछि सकिन लागेको हो ।
कम्पनीले सर्वसाधारणमा २०७८ असोज १७ गते शेयर बाँडफाँट गरेको थियो । सर्वसाधारणमा बाँडफाँट भएको तीन वर्षसम्म शेयर लकइनुमा राख्नुपर्ने व्यवस्था छ । लकइन अवधि समाप्त भएपछि यी शेयर कारोबार गर्न सकिनेछ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६०२ रुपैयाँ छ ।











प्रतिक्रिया