गृह पृष्ठ

प्रकाश तामाङले पाए नागरिकता प्रमाण पत्र


१६ भाद्र २०८१, आइतबार ००:००


भोजपुरका प्रकाश तामाङ (काले) ले नागरिकता प्रमाण पत्र प्राप्त गरेका छन् । आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका -१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।

‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशलाई उनको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको हाे । षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।

प्रकाशित : १६ भाद्र २०८१, आइतबार ००:००