काठमाडाैँ, लगातार रूपमा बर्षा भइरहेकाे कारण गाउँ-ठाउँमा सावधानी अपनाउनहुन गाउँपालिका अध्यक्ष तथा पालिका परियोजना सल्लाहाकार समिति अध्यक्ष असिम राईले अपिल गर्नुभएकाे छ ।
उहा भन्नुहुन्छ – निरन्तर भैरहेको वर्षातको कारण विभिन्न ठाउँमा पहिरो जाने र ठाडो खोल्साहरुमा ठूलो भल आउने क्रम जारी छ । केही ठाउँमा घर पुरिएका छन भने विभिन्न ठाँउको सडक अवरुद्ध भएका छन् । यस्ता प्राकृतिक विपत्तिबाट बच्ने पहिलो उपाय जोखिम स्थानको पहिचान गरि सचेत रहने र सुरक्षित स्थानमा बस्नेनै हो । त्यसैले निम्न उपाय अपनाउन हुन हार्दिक अनुरोध छ ।
आफ्नो घर वा गोठ वरपरको भुगोलमा बाढी वा पहिरोको जोखिम भए नभएको एक्किन गर्नुहोस् । यदि जोखिम हुने क्षेत्र भएमा तत्काल छिमेकी वा स्थानीय सरकार वा नेपाल प्रहरीलाई खबर गरि सुरक्षित स्थानको खोजी गर्नुहोस् । सुरक्षित स्थानमा तत्काल सर्ने काम गर्नुहोस् । सडकको तल र माथी पहिरो खस्ने संभावना बढी भएकाले अति आवश्यक बाहेक यात्रा नगर्नुहोस् ।
खोला खोल्सीमा लेदो सहितको ठूलो भल आउने र त्यसबाट दुर्घटनाको जोखिम उच्च हुने भएकाले सवारी साधन वा पैदल यात्रा गर्दा भल नरोकिए सम्म खोला पार नगर्नुहोस् । संभावित जोखिमको बारेमा छिमेकीलाई समेत अवगत गराउनुहोस । सबैभन्दा पहिला तपाईं आफु र परिवार कसरी सुरक्षित हुने त्यो सोच्नुहोस अनि गाउँ सामाजलाई पनि कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा सोच्नुहोस र आवश्यक सल्लाह दिने काम गर्नुहोस् ।
घटना घटेमा नआत्तिकन वडाका जनप्रतिनिधि, गाउँपालिका, गाउँ प्रहरी र नेपाल प्रहरीलाई १०० मा फोन गरि जानकारी दिनुहोस । हामी सबैले कामना गरौं, विपदको कुनैपनि घटना नहोस, यदि विपदका घटना घटी हालेमा सुरक्षाका उपाय अवलम्बन गरि सहयोगमा सबै जना जुट्नुहुन पनि अनुरोध छ ।











प्रतिक्रिया