काठमाडौँ, नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरेको बताएका छन । ‘नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚’ उनले भने‚‘ उपसभामुखले राजीनामा दिन माग गर्दछु ।
उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा असम्बन्धित व्यक्तिलाई सहभागी गराउन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्। आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो। यही विषयलाई अहिले सत्तारुढ दलले चर्काएको हो।
उपसभामुख इन्दिरा रानामगरले काठमाडौँस्थित अमेरिकी दूतावासलाई भिसाका लागि अन्तर्वार्ताका लागि लेखेको पत्रका बारेमा प्रतिनिधिसभामा प्रश्न उठेको छ। सत्तापक्षका सांसदले उपसभामुखको राजीनामात मागेका छन् भने प्रतिपक्षी दलले उनको बचाउ गरेका छन्। सत्तापक्षका सांसदहरूले उपसभामुखमाथि छानबिन गर्न माग गर्दा प्रतिपक्षी दलका सांसदले ‘मिडिया ट्रायल’ भइरहेको बताएका छन्।
केही दिनअगाडि उपसभामुख रानामगरले पाँच जनालाई अमेरिकाको भिसा दिनका लागि सिफारिस गर्न लेखेको पत्र सार्वजनिक भएको थियो। उनले अमेरिकाको न्युयोर्कमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय निकायको कार्यक्रममा सहभागिताका लागि केही व्यक्तिलाई भिसाको मिति अघि सारिदिन दूतावासलाई पत्राचार गरेको स्वीकारेकी छन्। यही विषयलाई लिएर अहिले सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप भइरहेको छ।










प्रतिक्रिया