आर्थिक

सहकारीको रकम दुरुपयोग सम्बन्धी समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै


२९ भाद्र २०८१, शनिबार ००:००


काठमाडौं, सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ । आज साँझ पाँच बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको समेत प्रतिबद्दता लिन लागिएको समिति सभापति सूर्य थापाले बताएका छन ।

आज प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने उनको भनाइ रहेकाे छ । समितिको कमर्यदेश अनुसारको छानबिन र विश्लेषण सकिएको र प्रतिवेदन अन्तिम रूप दिन लागिएको उनले बताएका छन ।

याे पनि पढनुहाेसः

काठमाडौं, विद्यत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो । असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौध्द सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशन भित्र, विशाल बजार अगाडि, गणेश ,स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेड सम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम् विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। ती ठाउँहरूमा भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित : २९ भाद्र २०८१, शनिबार ००:००