गृह पृष्ठ

परराष्ट्रमन्त्री आरजू राणा सोमवार क्यानडा भ्रमणमा जादै


३० भाद्र २०८१, आइतबार ००:००


काठमाडौं, परराष्ट्रमन्त्री आरजू राणा सोमवार क्यानडा भ्रमणमा जाने भएकी छिन्। परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

क्यानडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा यो कार्यक्रम हुन लागेको कार्यक्रममा विश्वका करिब २० जना परराष्ट्रमन्त्री सहभागी हुँदै छन्। सो सम्मेलनलाई सम्बोधन गरेपछि परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन २१ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

याे पनि पढनुहाेसः

काठमाडौं, प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख समेतक र सचेतकहरुलाई बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् ।

संसदको जो अवरोध थियो, त्यो कसरी सञ्चालन गर्ने भन्ने छलफल भयो’ उनले भने, ‘यहाँ भएको छलफल दलमा राख्छु । एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेको विरोधमा माओवादीले अघिल्लो बैठक पनि अवरुद्ध गरेको थियो ।

प्रकाशित : ३० भाद्र २०८१, आइतबार ००:००