लुम्बिनि विकास कोषका पदाधिकारी माथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन् । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमणमा उत्रेका हुन्।
उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेका हुन्। सदस्य सचिव शाक्यको मुखमा चोट लागेको कोषका प्रेस विज्ञ विनोद परियारले जानकारी दिए । केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरिरहेएका थिए ।
यसकाे समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताएका छन । उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरी आक्रमण भएकाले सुरक्षाको माग गरे । समितिका सभापतिमा सोनाम गेल्जेन शेर्पाकै अगाडि आक्रमण भएको हो। बैठक चलिरहेकै बेला आक्रमण भएको हो।











प्रतिक्रिया