काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले भेट गरेकी छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।
याे पनि पढनुहाेसः
काठमाडौं,कालीमाटी बजारमा साग र तिते करेला महँगिएको छ । अघिल्लो दिन प्रतिकिलो अधिकतम १०० रुपैयाँकिलो रहेको तिते करेला आज ११० रुपैयाँ पुगेको छ । त्यस्तै रायो साग अघिल्लो दिन प्रतिकिलो ९० रुपैयाँ रहेकोमा आज १२० रुपैयाँ पुगेको छ । पालुगो साग १०० बाट १२० रुपैयाँ पुगेको छ ।
स्थानीय काउली तथा बन्दा केही सस्तिएको छ । अघिल्लो दिन स्थानीय बन्दा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएकोमा आज ७० रुपैयाँमा झरेको छ । त्यस्तै काउली ८० बाट ६० मा झरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन इस्कुस ४०, भन्टा ६०, तने बोडी १३०, घिउ सिमी १४०, टाटे सिमी ९०, लौका ८०, परवर १२०, चिचिन्डो ८०, घिरौंला १००, भिण्डी १४०, पाकेको फर्सी ६०, हरियो फर्सी ७०, बरेला ९चुच्चे करेला० अधिकतम १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ २००, ब्रोकाउली ११०, डल्ले च्याउ ४०० तथा कुरिलो अधिकतम ७०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।











प्रतिक्रिया