गृह पृष्ठ

नेपाल–बङ्गलादेशबिच औपचारिक विद्युत् व्यापार सम्झौता


१७ आश्विन २०८१, बिहिबार ००:००


काठमाडौँ, नेपाल–बङ्गलादेशबिच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालबाट बङ्गलादेशमा बिद्युत् निर्यातको बाटो खुलेको छ । बिहीबार काठमाडौँमा भएको नेपाल, भारत र बङ्गलादेशका तीन कम्पनीबिच विद्युत् बिक्री सम्झौता भएको हो । नेपालले यसअघि नै भारतमा विद्युत् निर्यात गर्दै आए पनि तेस्रो देशमा विद्युत् निर्यात गर्न सहमति हुन सकेको थिएन ।

पछिल्लो सम्झौता अनुसार नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बिच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा तीनै देशका अधिकारीहरूले हस्ताक्षर गरेपछि नेपाललाई बङ्गलादेशमा विद्युत् निर्यातको बाटो खुलेको हो ।

याे पनि पढनुहाेसः

काठामाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पु पुगेका हुन् । शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् ।

शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् । शाहको भुटान भ्रमण निजी रहेको शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् । भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । उनको भुटान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ ।

प्रकाशित : १७ आश्विन २०८१, बिहिबार ००:००