काठमाडौं, एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल) मा नियमावली विपरीत खेल भइरहेको भन्दै चितवन र ललितपुरले छानबिनको माग गरेपछि शुक्रबारको खेल अवरुद्ध भएको छ । लिगमा ललितपुरले गण्डकीविरुद्ध र चितवनले काठमाडौं र कर्णालीविरुद्ध उजुरी दिँदै छानबिनको माग हो ।
गण्डकीले खेलाडी सोइङ थापालाई ट्यालेन्ट हन्टको खेलाडीको रुपमा मैदानमा उतारेकामा ललितपुरले असहमति जनाएको हो । ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीले यसअघि कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको हुन नहुनेमा सोइङले यसअघि नै नेपाल भलिबल संघले आयोजना गरेको लिग र अन्य राष्ट्रियस्तरका खेल खेलिसकेको ललितपुरले उजुरीमा उल्लेख गरेको छ ।
यसरी खेलाउनु लिगको नियमावली विपरीत भएको भन्दै उसले छानबिनको माग गरेको छ । त्यस्तै, चितवनले पनि काठमाडौंकी रितिका भट्ट र कर्णालीकी सीता सेन ठकुरीलाई ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीको रुपमा खेलाएकामा आपत्ति जनाएको छ । ललितपुरले लिगको चौथो खेलमा गण्डकीसँग ३–२ को सेटमा हार बेहोरेको थियो ।
चितवनले काठमाडौंसँग मंगलबार ३–१ ले हार बेहोरेको थियो भने बिहीबार कर्णालीसँग ३–२ को सेटले हार बेहोरेको थियो । रितिकाले सुदूरपश्चिम टिममा रहेर नवौं राष्ट्रिय खेलकुद खेलिसकेकी छन् भने कर्णालीकी सीताले पनि नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरिसकेकी छन् ।
याे पनि पढनुहाेसः
काठमाडौँ, चाडपर्वमा निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक छन् । दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर उनीहरुले १५ सयसम्म धेरै भाडा असुलेको आरोप छ ।
पक्राउ ग.१ ख ४४९९ नम्बरको माइक्रोबसका चालक डम्बर आलेमगर, सहचालक आयुष तामाङ, बा.४ ख. १११३ नम्बरको माइक्रोका चालक राजु बिक, बा.२ ख ८२८७ नम्बरको माइक्रो बसका सहचालक मिलन बिक छन् ।
तनहुँको खैरेनी जाँदै गरेको बा.५ख १०७६ नम्बरको चालक दीपकबहादुर नेपाली र पोखरा जाँदै गरेको बा.३ ख ६१६५ नम्बरको हायसका चालक प्रकाश मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले १ हजारदेखि १५ सय सम्म धेरै भाडा असुलेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया