काठमाडौं, दाङको राप्ती गाउँपालिका–३ खुरुरियास्थित राप्ती नदीको बीच टापुमा खसेका एक बालकको सकुशल उद्धार गरिएकाे छ । खुरुरियास्थित झोलुंगे पुलबाट नदीको बीच भागमा खसेका सोही ठाउँका १३ वर्षीय सुधन चौधरीको प्रहरीले उद्धार गरेको हो ।
इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्रको ज्वालामाई गणको टोलीले बालकको उद्धार गरेका हुन् । उनी आइतबार साढे ३ बजे नदीको बीच टापुमा खसेका थिए । त्यसको एक घण्टापछि बालकलाई उद्धार गरिएको भालुबाङ प्रहरीले जनाएको छ ।
याे पनि पढनुहाेसः
मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हाे ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ । कोशी राजमार्गको बूढीगंगामा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।











प्रतिक्रिया