काठमाडाैँ,सामाजीक अभियान्ता पुण्य गौतममाथि निर्घात कुटपिट भएको छ। सोमबार बेलुकी सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा न. ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा गौतममाथि कुटपिट भएको हो।
गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन। अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्। गौतमलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिरहेको छ। उनको टाउकोमा गम्भिर चोट लागेको छ।
प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ भने कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। गौतमकी श्रीमती अपेक्षा अधिकारीले पुन्यलाई आइसियूमा राखेर उपचार गराइएको जानकारी दिएकी छन्।
साेमबार बेलुकी ९ः३० बजे घर फर्कने क्रममा घरनजिकै एक जना व्यक्तिले रडले हिर्काएर उहाँको टाउकोमा चोट लागेकाे छ । घाइते गाैतमलाइ टाउकाेमा टाँका लगाइएको छ,र अहिले आइसियुमा राखिएकाे छ।
कस्ले के कारणले गौतममाथि आक्रमण गरेको हो यसबारे खुलिसकेको छैन।











प्रतिक्रिया