मुख्य खवर

उच्च अदालतले धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी


२ कार्तिक २०८१, शुक्रबार ००:००


काठमाडौँ, उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।

याे पनि पढनुहाेसः

काठमाडौं, बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भइ काठमाडौंको नयाँ बसपार्कस्थित नीमा गेष्टहाउस सञ्चालन गर्दै आएका २९ वर्षीय सुजन तामाङ छन् । उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनले बालिकालाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताएका छन । प्रति ग्राहक १ घण्टादेखि २ घण्टासम्म यौन सम्पर्क गरे वापत उनले २ देखि ३ हजार रुपैयाँ बुझ्ने गरेको एसपी मिश्रले बताएका छन ।

पीडित बालिकालाई उनले एक महिनादेखि गेष्टहाउसबाट बाहिर निस्कन समेत नदिई यौन व्यवसायमा लगाएको आरोप लागेकाे छ । बालिका बिरामी हुँदा समेत उपचार गर्नुका साटो यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोले जनाएको छ । बिहीबार गेष्टहाउसबाटै पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार ००:००