गृह पृष्ठ

घरमा सकेट बम बिस्फोट हुँदा भूपू सैनिक घाइते


४ कार्तिक २०८१, आइतबार ००:००


काठमाडौं,स्याङ्जाको चापाकोट नगरपालिका-४ पुरीगाउँको एक घरमा सकेट बम बिस्फोट हुँदा भूपू सैनिक घाइते भएका छन् । २ वर्षअघि नेपाली सेनाबाट अवकाश पाएका ४५ वर्षका गोविन्द पुरी आफ्नै घरमा सकेट बम बिस्फोट हुँदा घाइते भएका हुन् ।

घरको दोस्रो तलामा पुराना भाडावर्तनहरु फाल्ने क्रममा अचानक सकेट बम बिस्फोट हुँदा उनको बायाँ आँखा भन्दामुनि, बाँया खुट्टा र शरीरका केही भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिएका छन । प्रहरीले उपचारपछि पुरीलाई पक्राउ गरेको छ । प्रहरी टोली र सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थलमा खटिई गई केही बिस्फोटक पदार्थ बरामद गरेको छ ।

याे पनि पढनुहाेसः

काठमाडौँ, पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको पुष्टि गरे । आजै जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

अदालतमा भएको बहसपछि न्यायाधीशले म्याद दिएसँगै अब प्रहरीले अनुसन्धान कार्य अघि बढाउनेछ । शुक्रबार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेको उनलाई सोही राति पोखरा पुर्‍याइएको छ । उनी पक्राउ परेसँगै पार्टी नेता कार्यकर्ता भने आक्रोशित बन्दै सडकमा उत्रिएका छन् । आइतबार पनि पोखरामा दिनभर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

प्रकाशित : ४ कार्तिक २०८१, आइतबार ००:००