काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न निर्देशन दिइएको स्रोतले बतायो ।
सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ । बेइजिङ भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले बीआरआईलगायत अन्य चिनियाँ सम्झौताको प्रगतिबारे चासो राखेका छन् ।
नेपालमा नयाँ प्रधानमन्त्री बनेसँगै पहिले दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने सामान्य प्रचलनजस्तै बनिसके पनि चौथोपल्ट प्रधानमन्त्री भएका ओली राष्ट्रसंघ महासभामा भाग लिने क्रममा अमेरिका पुगेका थिए । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेट गरे पनि उनीहरुबीच सौहार्दता विकास हुन नसकेको बताइन्छ ।
यसै क्रममा ओलीले चीन भ्रमण गर्न लागेका हुन्, जसमा चीनसँगको आर्थिक विकास फ्रेमवर्क बीआरआई, ऊर्जा तथा व्यापार लगायत विषयमा छलफल हुन सक्ने बालुवाटार स्रोतको भनाइ छ । भारतसँग पनि भ्रमण हुँदै जाला, अहिले चीनको भ्रमण हुन लागेको हो’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘दुईपक्षीय सम्झौता लगायत आवश्यक विकास योजनाको प्रगति विवरण माग्नुभएको छ । भमण तयारी सुरु भइसक्यो भन्ने मानौं ।
याे पनि पढनुहाेसः
काठमाडौँ, साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानमाथि ७–१ गोलको सजिलो जित हासिल गरेको हो । बंगलादेशले प्रारम्भदेखि नै भुटानलाई दबाबमा राखेको थियो ।
बंगलादेका लागि तोहुरा खातुनले तीन गोल गरिन् । उनले निर्धारित समयको १५औँ, ३५औँ र ५८औँ मिनेटमा गोल गरेकी हुन् । सविना खातुनले पनि दुई गोल गरिन् । उनले २६औँ र ३७औँ मिनेटमा गोल गरेकी हुन् । यसैगरी, रितु चकमा र मासुरा प्रविनले पनि एक–एक गोल गरे ।
रितुले सातौँ र मासुराले ७२औँ मिनेटमा गोल गरेका हुन् । भुटानका लागि भने एकमात्र गोल निर्धारित समयको ४१औँ मिनेटमा डेकी लहजुमले गरेकी हुन् । बंगलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबिच आइतबार नै खेलिने छ । नेपाल र भारतबिचको खेल साँझ १७ः३० बजे सुरु हुनेछ ।
नेपाल समूह ‘बी’ को विजेता र भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । साफ महिला च्याम्पियनसिपको अघिल्लो संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । त्यो संस्करण पनि नेपालमै आयोजना भएको थियो ।











प्रतिक्रिया