काठमाडौ ,आदिवासी जनजातिका लागि शाखा अधिकृत र नायव सुब्बा तहमा भौतिक कक्षा र शिक्षक सेवा प्रवेशमा टेवा पुर्याउन अनलाईन कक्षा सञ्चालन हुने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजातिलाई निजामति र शिक्षक सेवामा पहुँच वृद्धि गर्न निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
नायव सुब्बा र अधिकृत तहमा प्रशासनतर्फको भौतिक कक्षा काठमाडौमा सञ्चालन हुनेछ । शिक्षक सेवाको लागि आधारभुत र मा. वि. तहको प्रथम पत्रको कक्षा लिन अनलाईनमार्फत नेपालको जुनसुकै ठाउँबाट कक्षामा सहभागी हुन सक्नेछन् । २०८१ कार्तिक २० गतेभित्र प्रतिष्ठानको वेभसाईट www.nfdin.gov.np Log in गरेर अनलाईन फारम भर्न प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरेको छ ।












प्रतिक्रिया