मुख्य खवर

ओली प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा नजाने


१२ कार्तिक २०८१, सोमबार ००:००


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको समितिमा जाने कार्यक्रम रद्द भएको जानकारी दिएको छ।

आज समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको थियो। अपराह्न १२:१५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कनुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ।

याे पनि पढनुहाेसः

काठमाडौं, बलात्कार आरोपमा पक्राउ परेका एक जना शसस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही स्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेवन पचभैया मगरले आत्महत्या गरेका हुन्।

वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिएका छन। सोमवार बिहान आफूले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए।

गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङ स्थित सशस्त्र प्रहरी बल ज्वाला माइगणका दुई प्रहरी नियन्त्रणमा थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार उनिहरुले बयानमा गल्ती स्विकार समेत गरिसकेका छन्। दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए। पक्राउ पछि उनीहरुले प्रहरीको बयानमा आरोप स्वीकार गरिसकेका थिए।

प्रकाशित : १२ कार्तिक २०८१, सोमबार ००:००