गृह पृष्ठ

अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला


१२ कार्तिक २०८१, सोमबार ००:००


काठमाडौं – कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् । कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो ।

हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

याे पनि पढनुहाेसः

काठमाडौँ-नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस)लाई लक्षित गर्दै चाँदीका सिक्का(मेडालियन)बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ ।

राष्ट्र बैङ्कले यसपटक चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ । बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको हो । संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ ।

बैंकको टक्सार महाशाखा यसअघि ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको २५ ग्रामको गाई मेडालियन,गुरु नानक २५००,सत्यमोहन जोशी २५००,धितोपत्र बोर्ड २५०० को मूल्य ५ हजार रुपैयाँ पुर्‍याएको छ । १० ग्रामको लक्ष्मी मेडालियन,गणेश मेडालियन,जगलक्ष्मी,गाई मेडालियन सत्यमोहन जोशी १००० नामक मेडालियनको मूल्य १ हजार ८ सयबाट रुपैयाँबाट २ हजार रुपैयाँ पुर्‍याएको छ ।

त्यस्तै,१५ ग्रामको टक्सार यान्त्रिकीकरणको मूल्य ३ हजार ८ सय रुपैयाँबाट चार हजार १ सय,३१.१०३ ग्रामको राज्यारोहण १ ओजेड ७ हजार ३ सय रुपैयाँबाट ७ हजार ९ सय ५० रुपैयाँ, २५ ग्रामको सार्क प्रुफ सिक्का ६ हजार ५ सयबाट ७ हजार रुपैयाँ, ३१.१ ग्रामको श्री ५ ज्ञानेन्द्र राज्यारोहणको ७ हजार २ सय बाट ७ हजार ८ सय ५० पुर्‍याइएको जनाएको छ ।

प्रकाशित : १२ कार्तिक २०८१, सोमबार ००:००