गृह पृष्ठ

रास्वपाले बालुवाटारमा १० हजार नेता कार्यकर्ता सहितकाे विरोध प्रदर्शन


१३ कार्तिक २०८१, मंगलबार ००:००


काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने गरी विरोध प्रदर्शन गरेको छ । पार्टीले सभापति रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साधिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

सोही क्रममा आज बालुवाटार स्थित नेपाल हाउसमा भेला भएर रास्वपाले आन्दोलन गर्दै छ । चावाहिल‚कोटेश्वर‚कलङ्की चोक‚ ललितपुर‚ स्वयम्वु वनस्थली बालाजु एरिया‚सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्‍याली लिएर नेपाल हाउस पुग्ने पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन ।

यी सबै स्थानबाट ११ बजे र्‍याली निकालेर १२ बजे नेपाल हाउस पुराउने उनले जानकारी दिएका छन । कति मानिस आउनुहुन्छ भन्ने ठ्याक्कै भन्न सकिन्न । तर‚ हामीले १० हजार मानिस उतार्ने लक्ष्य लिएका छौँ‚’ उनले भने ।

झाका अनुसार विरोध प्रदर्शनको कमान्डर पुकार वमलाई तोकिएको छ । यस्तै वाग्मती प्रदेश सभापति अच्यूतम लामिछाने‚सुमना श्रेष्ठ‚ सन्तोष परियार‚ डिपी अर्याल र स्वर्णीम वाग्लेलाई तोकिएको र आन्दोलनलाई उनीहरूलेनै सम्बोधन गर्ने झाले जानकारी दिए ।

प्रकाशित : १३ कार्तिक २०८१, मंगलबार ००:००