Breaking News Post

होटेलको जग खन्ने क्रममा भेटिएको बम प्रहरीले निस्क्रिय


२४ कार्तिक २०८१, शनिबार ००:००


धनगढीमा होटेलको जग खन्ने क्रममा भेटिएको बम निस्क्रिय पारिएको छ । धनगढी उपमहानगरपालिका-३ विशालनगरमा शुक्रबार सिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा भेटिएको बम शनिबार बिहान निस्क्रिय पारिएको प्रहरीले जनाएको ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी)पदमबहादुर विष्टले नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई डिस्पोजल गरेको जानकारी दिए । खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालीन हुनसक्ने प्रहरीले बताएको छ ।

प्रकाशित : २४ कार्तिक २०८१, शनिबार ००:००