Breaking News Post

महानगरले अनधिकृत संरचनामा चलायो डोजर


२५ कार्तिक २०८१, आइतबार ००:००


ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ । महानगरले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचना भत्काएको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले मापदण्ड विपरीतका संरचना भत्काइएको जानकारी दिएकाे हाे । उनका अनुसार यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो । ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो । मापदण्ड विपरीतको सो संरचना भत्काउन अदालतले आदेश दिएसँगै ललितपुर महानगरले डोजर चलाएको हो ।

प्रकाशित : २५ कार्तिक २०८१, आइतबार ००:००