जाजरकोटमा माइक्रो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सोमबार बिहान १२ बजेतिर जिल्लाको भेरी नगरपालिका–१३, स्थित कुदु नजिक फोर्स गाडी दुर्घटनामा परेको हो । जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको उक्त माइक्रोबस कुदु नजिक दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरूषोत्तम पाण्डेले जानकारी दिएका छन ।
उनका अनुसार उक्त गाडीमा ११ जना बच्चा सहित २१ जना सवार रहेका थिए। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ । दुर्घटनाका सबै घाइतेहरूको उद्धार गरेर जिल्ला अस्पताल खलंगा पठाइएको डिएसपी पाण्डेले जानकारी दिएका छन । गाडी सडकदेखि २५/३० मिटर तल खसेको थियो ।
याे पनि पढनुहाेसः
काठमाडौं, श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने व्यवस्था लागु गरिएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो ।
त्यसैगरी, नेपाली कूटनीतिकरआधिकारिकरसेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज-पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक पर्ने छैन ।
अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन भने रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने छ ।
ट्राभल एनओसी आवश्यक पर्ने नेपाली नागरिकहरूलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातहरू सहित तोकिएको मितिभन्दा कम्तिमा सात दिन अगाडि सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ । यात्रा NOC को लागि सेवा शुल्क प्रति व्यक्ति १००० भारू तोकिएको छ ।











प्रतिक्रिया