काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन ।
बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदे नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु-१९ महिला विश्वकपमा छनोट भएको थियो । त्यस्तै नेपाल यसै वर्ष डिसेम्बरमा मलेसियामै हुने एसिसी यू-१९ महिला एसिया कपका लागि पानि छनोट भएको छ । विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहिबार साँझ नेपाल आइपुग्दै छन् ।
याे पनि पढनुहाेसः
काठमाडौं, भक्तपुरमा मृत भेटिएकी वृद्धाको हत्या भएको प्रहरीले निकर्ष निकालेको छ । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायर इचुगल्ली बस्ने ९४ वर्षीया विष्णुकुमारी त्वयनाको शव बुधबार साँझ ५ बजे दुबै हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो ।
वृद्धा माटो र इँटाले बनेको पुरानो ५ तले घरमा एक्लै बस्थिन् । उक्त घरका कोठाहरु थान्का बनाउने, मासु पसल र तरकारी पसलका लागि भाडामा दिइएको थियो । वृद्धाका छोराछोरी सूर्यविनायकमा बस्ने गरेको पाइएको प्रहरीको भनाइ छ । वृद्धा एक्लै ५ तले घरमा तलमाथि गर्ने, खाना बनाउनेलगायत आफ्नो काम आफैं गर्थिन् ।
उनीसँग के कति नगद तथा गरगहना थियो भन्ने यकिन हुन सकेको छैन । लुटपाटका लागि हत्या भएको हो कि भनेर अनुसन्धान अघि बढाएका छौं । तर उनीसँग नगद तथा सुन के कति थियो भन्ने केही यकिन हुन सकेको छैन’ भक्तपुरका एक प्रहरी अधिकृत भन्छन् ।
भक्तपुरका डीएसपी ढुण्डीराज नेउपाने तालिमप्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान गर्दा पनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको बताउँछन् । शव पोस्टमार्टमका लागि भक्तपुर दुवाकोटको काठमाडौं मेडिकल कलेजमा पठाइएको छ । वृद्धाको शरीरमा चोटपटक नदेखिएकाले मुखमा कपडा कोचेर सास फेर्न नदिई हत्या गरिएको आशंका प्रहरीको छ ।











प्रतिक्रिया