कार्तिक ३०, काठमाडौँ
•राजेन्द्र केरुङ
निर्माता रविन कुमार नाल्बोको लिम्बू कथानक चलचित्र सुगुप ले पुन अर्को ३ अवार्ड हात पारेको छ।
बिहिबार सम्पन्न एफ एल एफ अवार्ड को चौँथो संस्करणमा सुगुप ले सर्बोकृष्ट अवार्ड” BEST MOVIE Award प्राप्त गरेको छ।

त्यसैगरी उत्कृष्ट अभिनयको अवार्ड बबिता नेयोङहाङ र उत्कृष्ट गितकार याशेली योङ्हाङ ले हात पारेका छन।
त्यसैगरी दोस्रो इन्टरनेशन म्युजिक एन्ड चलचित्र अवार्ड २०२४ मा उत्कृष्ट निर्देशकको अवार्ड लोकेन साम्बाले र उत्कृष्ट नायिकाको अवार्ड बबिता नेयोङहाङले प्राप्त गरेका थिए।

यस अघि पनि सुगुप’ले चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ मा ४ वटा बिधामा अवार्ड हात पारेको थियो।
पब्लिक च्वाईस अवार्ड, उत्कृष्ट छायांकन,उत्कृष्ट सम्पादन र उत्कृष्ट पार्श्व संगित गरि ४ ओटा अवार्ड हात पारेको थियो । त्यसैगरी पब्लिक च्वाईस अवार्ड सहित नगद रु: ३५ हजार हात पारेको थियो। उत्कृष्ट छायांकन बाट युवराज राई, उत्कृष्ट सम्पादन बिपिन मल्ल र उत्कृष्ट सङ्गीत अशोक लोहोरुङ ले प्राप्त गरेका थिए।

लिम्बू जातिमा प्रसव पिडा अर्थात सुत्केरी ब्यथाको कारण ज्युँदो या मृत बच्चा जन्माउने क्रममा अथवा प्रशुती ब्यथाकै कारण अकालमा मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ ।
सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार लाई मुख्य बिषयबस्तु बनाएर बनाईएको चलचित्र सुगुप यतिखेर बिश्वभरी प्रदर्शन भईरहेको मुख्य निर्माता तथा प्रस्तुतकर्ता रबिन कुमार नाल्बोले बताउनुभयो ।

चोखो प्रेममा परि गरिब केटा सँग भागेकी फुङ्सा को बिबाह पश्चायत माइती घरमै बस्न बाध्य हुन्छिन । कारण बिबाहमा लागेको अत्यधिक ऋण ।
नव बिबाहित दुलहीलाई माईतिमै छाडेर बिबाहमा लागेको ऋण , बन्धकी राखेको गैरिखेत उकास्नकै लागि पनि पैसा कमाउन मुगलान जान्छन केटा ।
बुबाआमाको अहमता र घमण्डका कारण दुई जिउकी छोरी फुङ्साको गर्भावस्थामा गर्नुपर्ने कोख पुजा,साप्पोक चोमेन नगरिएको कारण अन्तमा शिशुलाई जन्म दिएर सुत्केरी अवस्थामै फुङ्साले प्राण त्याग्छिन र अन्तत: सुगुप हुन पुग्छिन।
एक बियोगान्त कथा बोकेको सुगुप भित्र बैबाहिक संस्कार ,रितिथिती,गरीबी भित्रको पिडालाई सामाजिक समस्याको रुपमा देखाईएको छ।
गर्भावस्थाको बेला बिजुवा फेदाङ्मा हरु बाट बिशेष मुन्धुम द्वारा आमा र बच्चाको स्वास्थ्य लाभको निम्ति उनै प्रकृति,खोलानाला,देबिदेउराली , माङ हरु सङ्ग बल आशीर्वाद माग्ने परम्परा र धार्मिक बिश्वास रहिआएको छ।
यस्तो पुजा आराधना गर्दा र नगर्दा हुने असर र यस्ले निम्त्याउन सक्ने दुर्घटना लाई छर्लङ्ग रुपमा देखाईएको छ।
पुर्व नेपाल ताप्लेजुङको रमणिय स्थलहरु नाल्बू र साँबा ,याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थल सहित भारतको आसाममा छायाङ्कन गरिएको चलचित्रको कथा,निर्माता,निर्देशन लोकेन साँबा लिम्बुले गरेका हुन।
चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम के योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्र पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला शैलेन्द्र कुमार नाल्बो, रबिन इन्द्र सेर्पा लगायत कलाकारहरुको अभिनय रहेको छ ।
यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङ रिता फोम्बो ठुलि को उत्कृष्ट शब्द हरुमा अशोक लोहोरुङ राई ले मीठो संगित भर्नुभएको छ।
राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बु लगायतको मीठो स्वरमा पालाम,गितहरु सुन्न पाईन्छ।
राजेशपायल राई र अन्जु पन्तको स्वरमा सजिएको “लुङमा फङनु आदाङ्बे आतान केबेक्पे” बोलको गितले थप उचाई सगैँ हरेक दर्शकको हृदयलाई पगालेको छ।
देवेन्द्र खापुङ को पट कथा रहेको फिल्मलाई युवराज राई (वीरबहादुर), ले छायांकन गरेका हुन।सम्पादनः विपिन मल्ल, कलरिष्टः रेनिस फागो साउण्ड सुनयमान श्रेष्ठको रहेको छ।
शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो निर्माता तथा सह–निर्माताः एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशकः कमल राई, द्वन्द निर्देशनः किशोर सम्बाहाङ्फे, कला निर्देशनः निश्चल कुलुङ राई, मेकअपः विजय लामा, सञ्जु थलङ को रहेको छ,
भेषभुषा युनिक क्रीयसन लिम्बु–नेपाली सबटाईटलः डि.बि.आङबुङ, पब्लिसिटी डिजाईनरः टौवा क्रिएशन, सुदामा डिजाईनिङ, अंग्रेजी सबटाईटलः गौतमराज खड्काको रहेको छ ।
सुगुप लाई नेपाली भाषामा समेत अनुवाद गरिएको छ। दर्शक र समुदायको माग अनुसार सोही भाषाको चलचित्र प्रदर्शन भईरहेको निर्माता नाल्बोले बताउनुभयो ।
ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका -६ मा जन्मिनुभएका रबिन कुमार २९ बर्ष अघि भबिष्य खोज्दै शुन्दर हङकङ पुग्नुभएको थियो।
सानैदेखी मिजाशिलो स्वभाव, सहयोगी भावना , उदारबादी सोच, सृजनशिल बिचार र आकर्षक सुगठित शरिर ले पनि थप आकर्षक ब्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ।
हङकङ जस्तो चर्चित शहरमा लोभलाग्दो सफल समाजसेवि ब्यबसायीको परिचय बनाउन सफल नाल्बोको परिचय अब सफल निर्मातामा पनि दर्ज भएको छ ।
Everest Rockscapes Limited / Everest Tekwando Academy जस्ता कम्पनीका संस्थापक / निर्देशक हुन ।
१२ बर्ष सम्म निरन्तर कडा संघर्ष गरेर सिकेको शिपलाई ब्यबसायमा ढालेर सयौं लाई प्रत्यक्ष,अप्रत्यक्ष रुपमा रोजगारी समेत दिइरहनुभएको छ ।
HongKong Ocean Park , HongKong Disney Land र Hong Kong Resident लगायतका स्थानहरुमा कृत्रीम ढुङ्गा र थिम आर्टहरुको सृजना गरि शुन्दर सजावट गर्ने काम गर्दछ।
नाल्बो स्वयं तेक्वान्दो खेलाडी समेत हुनुहुन्छ । 6th Don Grand Master समेत रहनुभएका रबिन अब छिट्टै 7th Don बन्ने तयारीमा हुनुहुन्छ । त्यै भएर पनि आफ्नै खेल क्षेत्रको वृद्धि र बिकासका लागि Everest Tekwando Academy सन्चालन गरेर बिगत २५ बर्षदेखी नेपाली चाईनिज,ईन्डियन,फिलिपिनि,पाकिस्तानी,इन्डोनेशियन लगायत अन्तरास्ट्रिय मुलुकका बालबालिका,युवा र ढल्कदोँ उमेरका हरुलाई समेत टेक्वान्दो प्रशिक्षण गर्दै आएको छ।
त्यतिमात्रै होइन नेपालको सुनसरीमा Everest Arganic Nalbo Agro Farm सन्चालनमा ल्याउनुभएको छ ।
युवापुस्ताको लागि प्रेरणाको श्रोत, वरिष्ठ समाजसेवी तथा सफल ब्यबसायीको रुपमा परिचीत रविनको पहिलो निर्माणमा बनेको लिम्बु कथानक चलचित्र सुगुपको चौतर्फी चर्चापरिचर्चा, दर्शकको रोजाई र सफल्ता मिलेकोमा निक्कै उत्साहित हुनुहुन्छ ।
पहिलो निर्माण भएको कमि कमजोरीहरुबाट सिक्दै आगामी दिनहरुमा उत्कृष्ट फिल्महरु निर्माण गर्ने योजना समेत रहेको बताउनुहुन्छ।











प्रतिक्रिया