ताजा घटना

कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गीलाई उम्मेदवार


२ मंसिर २०८१, आइतबार ००:००


काठमाडौँ, जसपा नेपालले कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ । आइतबार सो पार्टीका तर्फबाट हनि महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

पिछडिएको सीमान्तकृत समुदाय र यौनिक तथा लैङ्गिक समुदायलाई ल्याउने उद्देश्यले उनलाई उम्मेदवार बनाइएको जसपाले जनाएको छ । त्यस्तै कीर्तिपुर नगरपालिका– ४ को वडाध्यक्षमा पनि सो पार्टीले तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ । सो वडाको अध्यक्ष पदमा तेस्रो लिङ्गी मनि महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

याे पनि पढनुहाेसः

काठमाडौं, कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए ।

हाम्रो उम्मेदवारी हुँदैन । स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ सभापति विष्ट भने । तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् । यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा.सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

प्रकाशित : २ मंसिर २०८१, आइतबार ००:००