गृह पृष्ठ

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतमा कार्यालयको स्थापना


६ मंसिर २०८१, बिहिबार ००:००


नवलपरासी, पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत सडक पूर्वाधार कार्यालयको स्थापना भएको छ ।

कार्यालय स्थापनाले यस क्षेत्रमा सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणका गतिविध सञ्चालन एवं अनुगमन गर्न सहज हुने उक्त मन्त्रालयले जनाएको छ । यसअघि प्रदेशका ११ वटै जिल्लामा उक्त मन्त्रालय मातहतका कार्यालय स्थापना भएका थिए ।

याे पनि पढनुहाेसः

काठमाडौं, ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको हो ।

अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा अाएका छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन् । त्यसक्रममा उनी पटकपटक पक्राउ पर्ने गरेका छन् । केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगाडि उनलाई प्रहरीले निवासबाहिरबाटै पक्राउ गरेको थियो । नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।

प्रकाशित : ६ मंसिर २०८१, बिहिबार ००:००