काठमाडौंको माइतीघरमा सहकारी पीडितले आन्दोलन आज पनि जारी राखेका छन् । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
उनीहरूले सरकारप्रति आक्रोश पोखेका छन् । उनीहरूले भ्रष्ट सरकार होसिया, वित्त पीडितलाई न्याय दे, बचत रकम फिर्ता दे, सहकारी ठगलाई कारबाही गर, तानाशाही सरकार मुर्दावाद, कम्बोडिया काण्ड छानबिन गर, भ्रष्टाचारी मुर्दावाद, जनता मार्न पाइदैन, देश लुट्न पाइदैन’ लगायतका नारा लेखेर प्रदर्शन गरिरहेका छन् ।
सरकारीको रकम अपचलन गर्नेहरूको सम्पत्ति जफत गराउन, अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिकको जीवन रक्षा गर्न, सहकारीले निम्त्याएको विकृति र विसङ्गतिको अन्त्य गर्न उनीहरूले आग्रह गरेका छन् ।
देशभरका तीन सय ५७ वटा सहकारीको १४ लाख जनाभन्दा धेरै बचतकर्ताको रकम डुबेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताएका छन ।
सहकारी पीडितले बचत रकम फिर्ताका लागि आन्दोलन गर्दै आएको १९ महिना भइसकेको छ । तर अहिलेसम्म आश्वासन मात्रै पाएको केसीले बताएका छन । उनि घाइते भएपनि पिडितलाइ सहयाेग गर्न स्वयम घाइते अवस्थामा उपस्थित रहेका छन ।











प्रतिक्रिया