मनोरञ्जन

फक्ताङलुङ आईडल ३ का उत्कृष्ट १० प्रतियोगिहरुको मुन्धुमी प्रशिक्षण सुरु


८ मंसिर २०८१, शनिबार ००:००


मंसिर ८, काठमाडौँ

•राजेन्द्र केरुङ

 

याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ -३ को एक महिने मुन्धुमी क्याम्पिङ अन्तर्गतको पहिलो चरणको एक हप्ते  प्रशिक्षण शुक्रबार देखि शुभारम्भ भएको छ।

पहिलो चरण आयोजक र निर्णायकहरु  याक्थुङ साम्लोका एक इतिहास भगत सुब्बा र मुन्धुमका एक नायक यासेली योङहाङ संग परिचयात्मक र साक्षतकार कार्यक्रम सम्पन्न भएको थियो।

 

 


दोस्रो चरणमा प्रशिक्षक प्राज्ञ अमर तुम्याहाङ  र साहित्यकार सागर केरुङ द्वारा प्रशिक्षण गरिएको थियो। आज दोश्रो दिन शनिबार मुन्धुमसाबा गोबिन्द आङबुङ र चलचित्र निर्देशक सागर सुब्बा द्वारा प्रशिक्षण हुनेछ ।

 

याक्थुङ फक्ताङलुङ आइडल सेक्फुङ (सिजन) -३ को उत्कृष्ट टपटेनलाई एक महिना मुन्धुमी प्रशिक्षण राख्ने क्रम अन्तर्गत पहिलो चरणको एकहप्ते क्याम्पिन सुरु भएको हो।

किरात याक्थुङ चुम्लुङ संघिय कार्यालय शोभाहिटिमा मंसिर ७ गते देखि १४ गते सम्म भईरहेको मुन्धुमी प्रशिक्षणमा लिम्बू गित सङ्गीत तथा मुन्धुमबिज्ञ हरुले प्रशिक्षण गराउनेछन।

 

उत्कृष्ट १० प्रतियोगिहरुमा बिजय फागो वनेम , गगन प्रकाश लावती, मनु योङ्हाङ, अशल तुम्रोक, दर्पण शेर्मा (याम्धान), सुनिता योङ्हाङ, अर्जुन नाल्बो, दिलिप माखिम, सन्जित्रा लिम्बु लाफुन,राजन सेर्मा रहेका छन।

याक्थुङ साम्लो साम्लोरिरो!
साम्लोइ लोई लाम्लोरिरो!! भन्ने नाराका साथ गत बैशाख १ गते देखि याक्थुङ साम्लो प्रतिभाहरुको खोजी याक्थुङ फक्ताङलुङ आइडल सिजन ३ को अडिसन फारम खुल्ला गरिएको थियोे जस्मा ५३ जना प्रतियोगीहरुले डिजिटल अडिसनमा सहभागी भएका थिए ती मध्ये उत्कृष्ट ३५,२५,१५ हुँदै उत्कृष्ट १० प्रतियोगीहरुलाई छनोट गरिएको थियो।

निर्णायक हरु अग्रज गायक सङ्गितकार भगत सुब्बा, गितकार मुन्धुमसाबा कलाकार याशेली योङ्हाङ र लिम्बू गित सङ्गितका स्वरकिन्नरी मनु नेम्बाङ रहेका छन।

बिजेताले नगद रु ५ लाख, एउटा अडियो एल्बम ,एउटा म्युजिक भिडियो
साथै बिदेश सांगितिक भ्रमण
ट्रफी र प्रमाणपत्र पाउनेछन।
दोस्रो हुनेले नगद रु २ लाख पचास हजार ,४ वटा गित अडियो स्टुडियो लिप्सिङ भिडियो र एउटा भिडियो,प्रमाणपत्र ट्रफी । साङ्गितिक बिदेश यात्रा दुई देशमा पाउनेछ ।

त्यसैगरी तृतिय हुनेले नगद १ लाख २५ हजार , ३ वटा साम्लो स्टुडियो भिडियो रेकर्डिङ ,एक देशमा बिदेश यात्रा साथै ट्रफी प्रमाणपत्र पाउनेछ्न।

 

र चौँथो अर्थात सान्त्वना स्वरुप नगद ६० हजार ,२ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो ,ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन।

त्यसैगरी उत्कृष्ट १० प्रतियोगीले १/१ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो ,सब टाईटल साथै आकर्षक गिफ्ट हेम्पर,प्रमाणपत्र पाउनेछ्न।

फक्ताङलुङ सयङ को आयोजनामा हुन लागेको यो फक्ताङ्लुङ आईडल (सेक्फुङ-३) को तेश्रो संस्करण हो।
यस अघि पहिलो संस्करणमा बिजेता रबि किरण मादेन, दोश्रो संस्करणमा तिर्सना नेम्बाङ बिजेता बनिसकेका छन। अहिले लिम्बू गित सङ्गितमा राम्रो योगदान दिईरहेका छन।

 

 

प्रकाशित : ८ मंसिर २०८१, शनिबार ००:००