गृह पृष्ठ

महानगरपालिकाले तोकेको एक लाख जरिवाना पत्र बुझ्न एमालेले अस्वीकार


९ मंसिर २०८१, आइतबार ००:००


काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो । महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन,२०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ । एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली कार्यालय परिसरमै बसिरहेको छ ।

याे पनि पढनुहाेसः

काठमाडौं, राहदानी विभागको सेवा ठप्प भएपछि सेवाग्राही आक्रोशित भएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएकाहरुले छिटो सेवा सुरु गर्न माग गर्दै होहल्ला गरेका छन् । उनीहरुलाई प्रहरीले रोक्ने प्रयास गरेको छ । तर सेवाग्राहीले हात नहाल्न चेतावनी दिएका छन् ।

हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । राहदानी वितरण रोकिँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ ।
विभागले गत शुक्रबार गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो ।

१० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ । सेवाग्राहीले आफूहरुको अनुहार मिडियामा आएको भनेर भनेर गुनासो गरेकाले सेवाग्राही देखिने गरी फोटोरभिडियो खिच्न रोक लगाइएको भनेर विभागका महानिर्देशकले तर्क गरे पनि सेवाग्राहीहरु मिडियासामु आफूले भोग्नुपरेका समस्या सुनाउने गरेका छन् ।

प्रकाशित : ९ मंसिर २०८१, आइतबार ००:००