बारा जिल्लास्थित महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा पशु बलि दिइएको छ । आइतबारदेखि मेलामा दिइने बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो, रङ्गीचङ्गी सजावट, विभिन्न प्रदर्शनी, खेल तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएका छन् ।
यस क्षेत्रका सर्वसाधारणले यो मेलालाई उत्सवका रूपमा मनाउने गरेका छन् । मन्दिर भरिभराउ हुन थालेका छन् । शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश विदेशका दर्शनार्थी मेला भर्न आउने गरेकाले गढीमाईको ख्याति फराकिलो बन्दै गएको क्रमसँगै मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ । यसै गरी मधेस प्रदेश सरकारले बलिका दिन प्रदेशभरि बिदा दिएको छ ।
याे पनि पढनुहाेसः
काठमाडौं, सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो ।
९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को स्थिर रह्यो । सेक्टरअनुसार उत्पादन १.०६, लगानी ०.७६, तथा फाइनान्स ०.१५ प्रतिशत बढे । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६ तथा व्यापार समूह १.३० प्रतिशत घटे ।
इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो । महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशत मूल्य बढ्यो । खानीखोला हाइड्रोपावरको ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानाकी फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः अगाडि रहे ।











प्रतिक्रिया