गृह पृष्ठ

जनसंहारविरूद्ध देशब्यापी हस्ताक्षर अभियानमा प्रचण्डले हस्ताक्षर


२४ मंसिर २०८१, सोमबार ००:००


काठमाडौं, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘इजरायली बर्बरता’को बिरूद्धमा उभिएका छन्। प्यालेस्टाइनी माथि इजरायलले गरेको हिंस्रक अभियानको बिरोधमा उनले आज हस्ताक्षर गरेका छन्, जुन शान्तिबाटिक रत्नपार्कमा आयोजित कार्यक्रम थियो।

प्यालिस्टीनी माथि इजरायली जनसंहारविरूद्ध देशब्यापी हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हस्ताक्षर गरेको उनको सचिवालयले जानकारी दिएको छ।

याे पनि पढनुहाेसः

काठमाडौं, प्रहरी प्रमुख (आईजी) वसन्तबहादुर कुँवरलाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइए पनि उनी उपस्थित भएनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मध्यरातमा चितवनबाट पोखरा लगिएको घटनामा सोधपुछका आयोगले प्रहरी प्रमुखलाई बोलाएको थियो ।

रविमाथि हिरासतमै मानव अधिकार उल्लघंन भएको भन्दै बयानका लागि बोलाइए पनि सोमबार कुँवर उपस्थित नभएको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए । कुँवर आफू उपस्थित नभएर अपराध अनुसन्धान विभागका एआईजी टेकप्रसाद तामाङ, सचिवालयका डीआईजी दानबहादुर कार्की र प्रहरीकै मानव अधिकार शाखाका एसपी मोहनकुमार थापालाई आयोगको कार्यालयमा पठाएका थिए ।

प्रहरीसँग आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निक्ष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न भनेका थिए ।

प्रहरी प्रमुख कुँवर उपस्थित नभएपछि यस विषयमा कुँवरसँग थप बुझिने पनि प्रवक्ता पोखरेलले बताए । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रविलाई मध्यरातमा त्यहाँबाट पोखरा लगिएको,उनको डायरी समेत गायब पारिएको र मानव अधिकार उल्लंघन गरिएको भन्दै उनकी श्रीमती निकिता पौडेल र पार्टीले आयोगमा उजुरी हालेको थियो । उक्त उजुरीमा आईजी कुँवरकै आदेशमा चितवन प्रहरीले काम गरेको आरोप लगाइएको छ ।

प्रकाशित : २४ मंसिर २०८१, सोमबार ००:००