गृह पृष्ठ

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै


२५ मंसिर २०८१, मंगलबार ००:००


काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ः०० बजे सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए।

याे पनि पढनुहाेसः

काठमाडौं, संघीय संसद् सेवा दिवसको अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार भृकुटिमण्डपस्थित फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाको टोलीले १३–० गोलले जित हात पारेको हो ।

सभामुख देवराज घिमिरेको नेतृत्वमा रहेको प्रतिनिधि सभाको टोलीले १३ गोल गरेको हो । खेलमा सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा राना लगायतका सांसदहरू सहभागी थिए ।

प्रकाशित : २५ मंसिर २०८१, मंगलबार ००:००