गृह पृष्ठ

सार्वजनिक यातायातकाे यात्रामा जति ढिला हुन्छ त्यति नै गाडी प्याक


२९ मंसिर २०८१, शनिबार ००:००


काठमाडौँ, सिट पाउनको लागि हुने धकेलाधकेल र पट्यार लाग्दो कुराइ, यो नियति काठमाडौँमा सार्वजनिक यातायात प्रयोग गर्ने हरेक यात्रुको हो । राजधानीको केन्द्रको रूपमा लिइने सुनधारा र रत्नपार्क क्षेत्रमा हरेक दिनजसो हजारौँ मानिसहरू बिहान र बेलुकी अफिस जानको लागि र घर फर्किनको लागि लामो समय कुर्ने गर्छन् ।

गाडी कुर्दाकुर्दै कहिलेकाहीँ त झमक्क साँझ पर्छ । जति ढिला हुन्छ त्यति नै गाडी प्याक हुन्छ । कहिलेकाहीँ त गाडी पर देख्ने बित्तिकै बिच सडकमै दौडिँदै जानुपर्छ नभए गाडीमा छिर्न पनि सकिन्न ।” सुनधारामा गाडी कुरिरहेकी मिना शर्माले बताइन् ।

प्रकाशित : २९ मंसिर २०८१, शनिबार ००:००