गृह पृष्ठ

चितुवाको आक्रमणबाट ६ जना घाइते


२९ मंसिर २०८१, शनिबार ००:००


बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिबार विहान चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन्। ठाकुरबाबा नगरपालिका –४ खैलार गाउँनजिक चितुवाको आक्रमणबाट झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएको प्रहरीले जनाएको छ।

बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिबार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको र उनलाई बचाउन जाँदा अन्य तीन जनालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली गएकोमा थप दुई जनालाई चितुवाले आक्रमण गरेको थियो। भएको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ।

याे पनि पढनुहाेसः

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । शुक्रवार भएको मतदानबाट निकटतम प्रतिस्पर्धी गोविन्द सुवेदीलाई २२३ मतले पराजित गर्दै रमेश अध्यक्ष निर्वाचित भएका हुन् ।

रमेश प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार हुन् भने गोविन्द प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका उम्मेदवार हुन् । रमेशले ४०१ र गोविन्दले १७८ मत प्राप्त गरे ।
पदाधिकारीमा पनि प्रेस युनियन र प्रेस चौतारीका उम्मेदवारी निर्वाचित भएका छन् ।

प्रकाश पौडेल ४०२ मत ल्याउँदै उपाध्यक्ष विजयी भए । उनका प्रतिस्पर्धी यदुनाथ बन्जाराले १६४ मत पाए । उपाध्यक्ष (महिला)मा कमला खत्री केसीलाई पराजित गर्दै मायाकुमारी अधिकारी निर्वाचित भइन् । दीपक परियारलाई ११६ मतले पराजित गर्दै जमुनावर्षा शर्मा महासचिव निर्वाचित भइन् ।

समावेशी सचिवमा रोशनी गुरुङ, खुला सचिवमा भविश्वर पाण्डे र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भए । रोशनीले ४१८ र उनकी प्रतिस्पर्धीले १४५ पाए । खुला सचिव बनेका पाण्डेले ३७८ र ताराप्रसाद शर्माले १७१ मत प्राप्त गरे । कोषाध्यक्षमा रमेशले ३५२ र सागरराज तिमिल्सिनाले २०७ मत पाए । सदस्यमा पनि चौतारी—युनियनको प्यानल निर्वाचित भएका छन् ।

प्रकाशित : २९ मंसिर २०८१, शनिबार ००:००