Breaking News Post

पूर्वमेयर सिंहलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखिने


१ पुस २०८१, सोमबार ००:००


काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा लगिएको छ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको पूर्वमेयर सिंहलाई शव यात्रासहित पार्टी कार्यालय लगिएको हो ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको सोमबार बिहान निधन भएको थियो । उनको सम्मानमा आज काठमाडौँ महानगरपालिकामा शोक बिदासमेत दिइएको छ । दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्न लागिएको हो ।

त्यसअघि बिहान ११ बजेसम्म ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा श्रद्धाञ्जलीका लागि राखिने छ । पीएल सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको थियो ।

गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । पीएल सिंहको आजै अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा गरिने उनी निकट स्रोतले जनाएको छ ।

पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । पीएल सिंह अविवाहित हुन् । उनका भाइ र बहिनीहरु छन् ।

प्रकाशित : १ पुस २०८१, सोमबार ००:००