गृह पृष्ठ

रविले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान


११ पुस २०८१, बिहिबार ००:००


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको भन्दै बयान दिएका हुन् ।

उनको बयान नसकिएकाले शुक्रबार पनि निरन्तर प्रश्नहरु सोधिनेछ । बयानका विस्तृत विवरणहरू आइसकेका छैनन् । प्रहरीले ९० दिनसम्म गरेको अनुसन्धानका आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

यसपछि अहिले अदालतमा थुनछेक बयान चलिरहेको छ । यसअघि सहकारी प्रकरणमा मुछिएकी लिला पछाईंको बयान लिइएको थियो । सोमबार र मंगलबार पूर्वडीआईजी समेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो ।

प्रकाशित : ११ पुस २०८१, बिहिबार ००:००