काठमाडौँ, चालु आर्थिक वर्षको ५ महिनामा २४ करोड ८९ लाख रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात भएको छ । साउनदेखि मंसिर मसान्तसम्म २४ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरको ४८८१३३ किलो कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात भएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएको छ ।
भारतबाट २० करोड १२ लाख ५० हजार रुपैयाँको चिजबल, कुरकुरे, लेज आयात भएको छ । यस्तै ३ करोड २२ लाख १४ हजार रुपैयाँको मलेशियाबाट, ६४ लाख ८३ हजार रुपैयाँको दक्षिण कोरिया बाट,२६ लाख ७० हजार रुपैयाँको चीन बाट र ६२ लाख ८० हजार भियतनाम लगायत अन्य देश आयात भएको छ । उक्त कुरकुरे, चिबल आयात हुँदा १५ करोड ५९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।











प्रतिक्रिया