काठमाडौं, बागमती प्रदेश भित्रिने मुख्य नाकाहरुमा सुरक्षा पोस्ट राख्ने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले आफ्नो प्रदेश गर्ने मुख्य आठ वटा नाकाहरुमा सुरक्षा पोस्ट राख्ने तयारी गरेको हो ।
तीन चरणमा गरेर सुरक्षा पोस्ट राख्ने तयारी थालिएको छ । पहिलो चरणमा मकवानपुरको रातमाटे र सिन्धुलीको भीमानमा सुरक्षा पोस्ट राख्ने तयारी अघि बढाइएको छ । दोस्रो चरणमा चितवनको मुग्लिन र नारायणगढमा सुरक्षा पोस्ट राख्ने तयारी गरिएको छ ।
तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको तामाबगरमा सुरक्षा पोस्ट राख्ने तयारी गरिएको छ ।











प्रतिक्रिया