आर्थिक

सुनको मूल्य १३ सय रुपैयाँले बढयाे


४ माघ २०८१, शुक्रबार ००:००


काठमाडौं, नेपाली बजारमा सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १३ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम भएकाे छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो। चाँदीको मूल्य पनि बढेको छ। बिहीबार एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : ४ माघ २०८१, शुक्रबार ००:००