आर्थिक

सेयर बजार परिसूचक १२.५८ अंकले बढयाे


६ माघ २०८१, आइतबार ००:००


काठमाडौँ, आइतबार सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढेको छ । २५९० बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढाव हुँदै बढेर २६०१ बिन्दुमा उक्लिएको हो ।आइतबार १७१ कम्पनीको मूल्य बढेको हो ।

६८ कम्पनीको घट्दा ४ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार कुल ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

विन नेपाल लघुवित्तको मूल्य ९ प्रतिशतले उक्लिएको छ । आइतबार फाइनान्स र उत्पादन समूहतर्फका कम्पनीले बजार बढाए । यी दुई समूहको सेयर क्रमशः २।३२ र २।५७ अंकले बढेको छ ।

प्रकाशित : ६ माघ २०८१, आइतबार ००:००