Breaking News Post

अध्यक्ष प्रचण्डले सदनबाट देश र जनताको नाममा अपिल गर्ने


१० माघ २०८१, बिहिबार ००:००


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनबाट देश र जनताको नाममा अपिल गर्ने बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप समेत लगाए ।

विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन बाध्य भएको उनको भनाइ छ ।ओलीजीले अध्यादेशबाटै शासन गर्न खोजेपछि हामी विपक्षहरूले अभिलम्ब सदन नबोलाए विशेष अधिवेशन बोलाउँछौं भनेपछि सरकारले १८ गते अधिवेशन राख्ने भएको छ’अध्यक्ष प्रचण्डले भने,-हामी सदनमा सरकारका गलत कामप्रति जोडतोड प्रस्तुत हुन्छौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले देश र जनताको नाममा मैले अपिल गर्छु ।’

अहिलेको सरकारले भ्रष्ट्राचारी र आना मान्छे बचाउने, राम्रो काम गर्ने संस्था र व्यक्तिमाथि आक्रमण गर्ने काम गरेको समेत प्रचण्डको आरोप छ । ‘यी सबैको समीक्षा आगामी अधिवेशनमा मैले गर्ने वाला नै छु’, उनले भने ।

संविधान र जनताको भावनाविपरीत अहिलेको सरकार गठन भएकोले धेरै पर नजाने उनको दाबी थियो । तर, आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले बताए । ‘नीतिगत रूपमा सरकारको आयु धेरै लामो छैन । जुन ढङ्गले सरकारको जन्म भयो त्यो लामो आयुको छैन,’ उनले भने, ‘तर, हामीलाई सरकारमा अहिले कुनै रुचि छैन ।’

प्रकाशित : १० माघ २०८१, बिहिबार ००:००