Breaking News Post

भारतमा पुष्पक एक्सप्रेस दुर्घटनामा मर्नेकाे सङ्ख्या ४ जना नेपाली सहित १९ पुग्याे


१० माघ २०८१, बिहिबार ००:००


भारतमा पुष्पक एक्सप्रेस दुर्घटनामा मर्नेकाे सङ्ख्या १९ पुगेको छ । मृतकहरूमध्ये १२ जनाको पहिचान भएको छ । यीमध्ये चार जना नेपाली रहेको थाहा भएको छ । प्रहरीले मृतकका आफन्तहरूसँग सम्पर्क गरिरहेको छ ।

बुधबार करिब ५ बजे जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएको थियो । त्यसपछि हतारिएर यात्रीहरू झ्यालबाट हाम फाल्न लागे । यस क्रममा अर्को लिकमा आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भयो ।

अन्य कयौँ घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको बताइएको छ । सनाखत भएका चार जना नेपालका भएको प्रहरीले बताएको छ । मृतकहरू ४२ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, १० वर्षका हिमु नंदराम विश्वकर्मा र ८० वर्षीय जयकला बडे जयकाडी हुन् । यीमध्ये तीन जना उत्तर प्रदेशमा बस्दै आएका थिए । दुर्घटनाका अरु १० जना घाइतेको विभिन्न निजी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित : १० माघ २०८१, बिहिबार ००:००