गृह पृष्ठ

हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो जवाफ पठाए


११ माघ २०८१, शुक्रबार ००:००


काठमाडौँ, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो जवाफ पठाएका छन् । शुक्रवार राईले अख्तियारले माघ २ गते गरेको सोधपुछको जवाफ फर्काउँदै धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको र बोर्डले नगरवासीलाई पानीको आपूर्ति गर्न सवै खाले विधि अपनाउन सक्ने बताएका छन् ।

साथै उनले खानेपानीको काम गर्दा उजुरी हाल्नेले कति वटा पाइप किनेर ल्यायो भनेर प्रश्न गरेका छन् । त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो रु कति दिन श्रमदान गर्‍यो ? को हो त्यो ? बुझेर लेखिपठाउनुहोला’, हर्कले अख्तियारलाई भनेका छन् ।

उनले पानी भनेको विकास नभई जीवनको आधारभूत आवश्यकता भएको भन्दै श्रमदान अभियानको खेदो नखन्न आग्रह समेत गरेका छन् । श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला’, उनले भनेका छन्, ‘पानीमा राजनीति गर्नुहुँदैन । पानी माग्न जनता त्यता हाउलान् है फेरि ।’ मेयर राईले यसअघि पनि अख्तियारलाई जवाफ पठाएका थिए ।

प्रकाशित : ११ माघ २०८१, शुक्रबार ००:००