काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला एक हजारले बढेको हो। बिहीबार प्रतितोला एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच बढेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला एक हजार आठ सय ८० मा किनबेच हुनेछ।
याे पनि पढनुहाेसः
काठमाडौं, नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सान्त्वना जित हासिल गरेको छ । नेपालले प्लेअफ खेलमा मलेसियालाई ७ विकेटले हराएको हो । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान पुजा महतोले अविजित २३ रनको पारी खेलिन् । सिमाना केसी ४ रनमा अविजित रहिन् । मलेसियाकी मार्सियाले ३ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो ।
नुरिमानले सर्वाधिक १५ रन बनाएकी थिइन् । नेपालकी कप्तान पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा सिमाना केसी र रिया शर्माले १-१ विकेट हात पारे ।
पूजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर समेत बनेकी छन् । उनले ४ खेलमा ९ विकेट लिइन् ।
अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् । नेपाल समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो ।











प्रतिक्रिया