ताजा घटना

आजबाट ताप्लेजुङ प्रबेश गर्ने सबै नाकाहरु अनिश्चितकालीन रुपमा बन्द


१५ माघ २०८१, मंगलबार ००:००


माघ १५,ताप्लेजुङ

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको मुक्कुमलुङ संरक्षण पक्षधरले आज माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । ६ वटा संघर्ष समितिले आज संयुक्त विज्ञप्ती जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा समेत गरेको छ ।


मेची हाइवे, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रबेश गर्ने नाकाहरुमा यातायात बन्द छ। सबै नाकाहरुमा पहिचान पक्षधरहरु बिहानैदेखी तैनाथ देखिएका छन।

केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्दाहरुकोे बिनासर्त रिहाई, झुटा मुद्धाहरु लगाउन बन्द गर्नुपर्ने बिज्ञप्ती  सार्वजनिक गर्दै  माग गरिएको छ । यस्तै मुकुम्लुङ प्रेमीहरुलाई गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले सार्बजनिक रुपमा माफी माग्नुपर्ने माग पनि गरिएको छ । यस्तै शनिबार भएको गोली प्रहारको घटनाले आन्दोलन नयाँ चरणमा प्रबेश गरेको संघर्षरत पक्षले बताएको छ ।

शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएको समुहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षले जनाएको छ ।
शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर याम लिम्बू ,सगुन लावती, धर्मान पालुङ्वा,मंगल लावती र याम नाङ्खोल्याङ गम्भीर घाईते भएका छन ।हाल उनिहरुको काठमाडौ,धरान र बिराटनगरमा उपचार भईरहेको छ।

 

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, लगायतका ग्लोबल आइ.एम.इ बैँक बन्द गर्नुपर्ने माग राख्दै सबै जिल्लाका शाखाहरुमा धर्ना दिइएको थियो ।
त्यसैगरी  उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र निर्माण व्यवसायी रुद्र पौडेललाई जिल्ला प्रबेशमा  रोक लगाउने, फुङलिङ नगर प्रमुख अमिर मादेनलाई जिल्ला बाहिर निषेध गर्ने, राज्य आतङक, प्रहरी दमन र केबलकार निर्माण खारेजी लगायतका बिषयमा कोषसभा गर्ने पनि विज्ञप्ती मार्फत जनाइएको छ ।

 

प्रकाशित : १५ माघ २०८१, मंगलबार ००:००