•राजेन्द्र केरुङ
माघ १६, हङकङ
सफल ब्यबसायी तथा चलचित्र निर्माता रबिन कुमार नाल्बोको अध्यक्षतामा याक्थुङ मुन्चईत चोक सयङ हङकङ को गठन भएको छ।
वरिष्ठ उपाध्यक्षमा भबेन्द्र थाम्सुहाङ,उपाध्यक्ष भिम प्रसाद तुम्बाहाङफे , महासचिव हाङ चेम्जोङ, सचिव सुक्मिता केरुङ ,कोषाध्यक्ष सङ्गिता लावती,सक्रीय सदस्यहरुमा जानु काम्बाङ , हेम राज अन्छङ्बो, सदस्यहरुमा मनुता काम्बाङ, टिका माखिम,सन्जु लिम्बु,प्रकाश आङ्बुहाङ , यमुना नेम्बाङ चेम्जोङ,सुकु स्याम्याङ्खाम , गंगा मादेन मनोनित भएका छन। त्यसैगरी सल्लाहकारहरुमा बिस्णु कुमार थेबे , हस्त लिबाङ, हेमन्त कष्ण पंधाक , रमेश सिंगक मनोनित भएका छन् ।

किराँत याक्थुङ चुम्लुङ हङ्कङको सभाहलमा संस्थापक अध्यक्ष मौसम इम्बुङ र हाङ चेम्जोङ्को संयोजनमा आयोजित एक कार्यक्रम बिच उक्त समिती गठन गरिएको हो।
कार्यक्रममा किराँत याक्थुङ चुम्लुङका अध्यक्ष सम्शेर तुम्बाहाङ्फेको प्रमुख आथित्यता रहेको थियो त्यसैगरि बिशिष्ट अतिथि मुन्धुम अध्ययन प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र चेम्जोङ , बिशेष अतिथि आदिबासी जनजाति महासंघ हङ्कङका लिम्बु प्रतिनिधि रबिन लिङ्देन , बिशेष अतिथि याक्थुङ हाक्पारे पालाम सयङ हङ्कङका अध्यक्ष त्रिभुवन लुङ्फुङ्वा , याक्थुङ आर्टिस सोसाइटी हङ्कङका हेमराज अन्छङ्बो बिशेष आथित्यमा प्रथम एतिहासिक अधिबेशन सम्पन्न भएको छ |

२५ जनवरी २०२५ अर्थात आजैको दिन गठन भएको याक्थुङ मुनचईत चोक सयङले मुकुम्लुङ आन्दोलनमा घम्भिर घाइते भएका योद्धा हरुलाई तत्काल आर्थिक सहयोग गर्ने निर्णय पारित गरेको छ त्यसैगरी भेलाबाट लिम्बु चलचित्र हरुको बजारीकरण, ब्यबस्थापन के-कसरी गर्न सकिन्छ भन्ने बारे पनि महत्त्वपूर्ण छलफल गरिएको थियो।











प्रतिक्रिया